Banner News

ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : सभापति लामिछाने



काठमाडौँ, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताएका छन् ।

मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताएका छन् ।

दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं’, उनले भने ।