Banner News

आजबाट २१ आयोजनामा रास्वपाको दबाब यात्रा



काठमाडौँ, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताए .सिन्धुपाल्चोकको मेलम्चीबाट दबाब यात्रा गर्दै जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरे। रास्वपाले आजबाट २१ आयोजनामा दबाब यात्रा गर्दैछ ।

उनले उद्घाटनको क्रमा भने–आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने बताए ।

उनले भने –जनताले जस्तो दुख कष्ट भोगे त्यसका लागि लाखौँ मान्छेलाई सडकमा ल्याउनु पर्दैन। एउटा गतिलो मान्छेलाई आयोजनामा लिएर गए जान्नेलाई छान्ने नीति बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ।काठमाडौ २१ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताए ।

सिन्धुपाल्चोकको मेलम्चीबाट दबाब यात्रा गर्दै जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरे। रास्वपाले आजबाट २१ आयोजनामा दबाब यात्रा गर्दैछ । उनले उद्घाटनको क्रमा भने–आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने बताए ।

उनले भने –जनताले जस्तो दुख कष्ट भोगे त्यसका लागि लाखौँ मान्छेलाई सडकमा ल्याउनु पर्दैन। एउटा गतिलो मान्छेलाई आयोजनामा लिएर गए जान्नेलाई छान्ने नीति बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ।