अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार  ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।