राजनीति

पूर्वमन्त्री नेम्वाङको स्वास्थ्यमा सुधार



काठमाडौँ, २३ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

आज उनकी श्रीमती भुमिका सुब्बाका अनुसार सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् । पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन गएको बेला यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।

उनकी श्रीमती भुमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो श्रीमान बसन्तकुमार नेम्बाङ (पांचथर जिल्ला प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री) को मिति २०८०/१०/१७ गते नेकपा(एमाले) ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेको केही समयमा ब्रेन स्ट्रोक भई हेलिकप्टरमार्फत त्यसै दिन ल्याउन सफल भई ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहांको स्वास्थ स्थीतिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आईरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुईन । हाल उहांको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ यसै मार्फत जानकारी गराउन चाहन्छु साथै डाक्टरको सल्लाह अनुसार अन्य बाहीरि संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने व्यहोरा अवगत गराउन चाहान्छु। उहांको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, स्टमित्र, शुभेकच्छुक, गुरूहरू र साथीभाई सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु ।’