राजनीति

बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने



काठमाडौँ, २३ माघ । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।

आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।