Banner News

टीआरसी विधेयकमा सहमति नभए प्रक्रियाबाट पारित हुन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २३ माघ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलगायत विधेयक सहमति नभए प्रक्रियाबाट पारित गरिने बताएका छन् ।

आज सिंहदबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सहमतिबाट नै विधेयक पारित गर्न पहल गरिने जानकारी गराए । उनले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन पनि दिए ।

हिउँदे अधिवेशनमा संसद्‌मा टेबल भएका सबै विधेयक पारित गर्न पहल गरिने उनले बताए । उनका अनुसार योपटक संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न आवश्यक ऐन सबै पारित हुन्छ ।