राजनीति

संसदमा अनसन बस्ने अब्दुल खानको चेतावनी



काठमाडौँ, २४ माघ । प्रतिनिधिसभाका सांसद अब्दुल खानले अनसन बस्नेत चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै उनले उक्त पुल निर्माणको कार्यले तिव्रता नपाए अनसन बस्ने चेतावनी दिएका हुन् । विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

जनमत पार्टीका सांसद खानले भने, ‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक(पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन् । ‘पूर्वगृहमन्त्री समेत रहेका माननीय रवि लामिछाने ज्युले ११३ किलोमिटर नारायणघाट बुटवल पदयात्रा गरेर सडकको स्तरउन्नती होस् भनी दबाब यात्रा गर्दा पनि त्यो काम द्रुत गतिमा भएको छैन् । यस्ता जनहितकारी कामहरु समयमा नभएकोमा दुःख व्यक्त गर्दछु । र यस्ता काम अब उप्रान्त भएन भने म पनि यो सदनमा अनसनमा बस्नका लागि तयार हुन्छु ।’