राजनीति

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक



काठमाडौँ, २६ माघ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप  त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो । ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो ।