समाचार

स्वस्थानी व्रतको अवसरमा आज व्रतालुहरुद्वारा पशुपतिमा पूजा



काठमाडौँ, २६ माघ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन् ।

बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन् । हिजो पशुपति आइपुगेका व्रतालुहरू आज फर्पिङ जानेछन् । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।