समाचार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, २६ माघ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् । बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।