राजनीति

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता



काठमाडौँ, २६ माघ । नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच  उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाली समकक्षी  पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्त्वपूर्ण हुने धारणा राखेका थिए । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबिचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए ।