राजनीति

माओवादी स्थायी समिति बैठक आज पनि बस्दै



काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  हिजोको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन् ।  विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदै छ ।