Banner News

जनअपेक्षा पूरा गर्न नसकिएकाले जनताले दिशाहीन महशुस गरे: पूर्वप्रधानमन्त्री खनाल



पोखरा, २७ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरेका छन् । 

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए । उनले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।  समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठीक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।”