राजनीति

जसपाको विराटनगर महानगर समिति पुनर्गठन



विराटनगर, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर महानगरपालिका समिति पुनर्गठन भएको छ ।

शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा मो.नसरुल सचिव रामचन्द्र यादव सह सचिव विकासकुमार मण्डल  र कोषाध्यक्षमा मो. रुस्तम अली चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक समिति सदस्य सञ्जय सिंह केन्द्रीय सदस्य सदिना खातुनलगायतका नेताहरु उपस्थित थिए ।