समाचार

अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु



ललितपुर, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
    
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अचेत भेटिएका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको हो । घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको छ । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।