Banner News

महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल



काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद पक्ष भएको बताएका छन् । 

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । 

उनले भने, “महालेखा परीक्षकको प्रतिवेदनमा हरेक साल बेरुजु बढ्दै जानु दुःख लाग्दो कुरा हो । हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएका हुन्छन् । यस्ता खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्छ ।” 

राष्ट्रपतिले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए ।