समाचार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु



मोरङ, २८ माघ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।   

मोरङ प्रहरीका अनुसार ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ । दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको छ ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।