राजनीति

राजदूत आचार्य र अध्यक्ष केसीबीच भेटवार्ता



काठमाडौँ, २९ माघ । बेलायत भ्रमणमा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् ।

आइतबार लण्डनस्थित नियोगमा भएको भेटमा अध्यक्ष केसीले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन तथा समन्वयका लागि चलचित्र प्रतिनिधि नियुक्त, नेपाललाई छायाङ्कन गन्तव्यको रूपमा प्रचार प्रसार तथा अन्तर्राष्ट्रिय रूपमा हुने चलचित्र छायाङ्कन, कार्यशाला, अवार्ड तथा महोत्सव लगायत चलचित्र गतिविधिहरूमा सहजीकरणका लागि राजदूत आचार्यसँग  छलफल गरेका थिए । 

राजदूत आचार्यले तत्कालका लागि बोर्डसँग समन्वय गर्न दूतावासका एक कर्मचारीलाई तोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाली चलचित्रको प्रवर्द्धनका लागि आगामी वर्षहरूमा बेलायतमा आयोजना गरिने सिनेमा मिट एवं महोत्सवहरूमा दूतावासले आवश्यक सहयोग एवम् समन्वय गर्ने राजदूत आचार्यले बताएका छन् ।