समाचार

ट्राफिक प्रहरीद्वारा राडर गनसहित चेकजाँच



चितवन, २९ माघ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालय चितवनले टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ ।

मध्यवर्ती र वरण्डाभार क्षेत्रको बिचमा पर्ने जैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो । 

कुन सवारी साधन कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने बताइएको छ । सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएकोले चालकले सीमित गतिमा आफ्नो सवारी साधन चलाउनु पर्ने बताइएको छ ।