Banner News

राष्ट्रपति पौडेल श्रीस्वस्थानीको दर्शन गर्न साँखु जाने



काठमाडौँ, २९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् ।  

आज बिहान सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना परियार, शंखरापुर नगपालिकाका उपप्रमुख समिता श्रेष्ठ, वडा अध्यक्षहरु पोते थिङ, सहदेव श्रेष्ठ, रणबहादुर थिङले राष्ट्रपति पौडेलसँग भेटघाट गरी शालीनदी  भ्रमणका लागि आग्रह गरेका छन् ।  

उनीहरुको आग्रह अनुसार राष्ट्रपति पौडेलले फागुन ६ गते बिहान ९ बजे शालीनदी जाने समय दिएका हुन् ।