अर्थ

बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ : प्रधानमन्त्री



काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् ।

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट सिलिङ बढ्ने बताएका हुन् । 

उनले भने, ‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ ।’ उनले जतिसुकै आर्थिक चुनौति र जटिलता भएपनि बजेटको सिलिङ बढ्ने बताएका हुन् । ‘मैले आजै राष्ट्रिय योजना आयोगसँग छलफल पनि गरेको छु । छलफलका क्रममा पनि बजेट सिलिङ घट्ने होइन बढ्ने नै देखिएको छ ।’