Banner News

क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक



काठमाडौँ, २९ माघ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

२२ वर्षीय भीम ७८ बलको सामना गरी पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । उनले ३१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो । उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् ।