Banner News

क्यानडाविरुद्धको शृंखलामा नेपालको ‘क्लिन स्विप’



काठमाडौँ, २९ माघ । ओपनर अनिलकुमार साह र भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्धनौ विकेटको सानदार जित निकाल्दै एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो ।