राजनीति

गुरुकुल वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो : राष्ट्रपति पौडेल



काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् ।

आजदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलको रूपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे । 

उनले भने, ‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ महायज्ञमा उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको वातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरूमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पु¥याउनुपर्ने बताए । ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।