मनोरञ्जन

एलिनाको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी



काठमाडौँ, १ फागुन । गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ । 

आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

उजुरीमा भनिएको छ, ‘म विश्वराज कार्कीले २०७८/०१/१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’ गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।