मनोरञ्जन

‘तेल भिसा’का लागि अडिसन आह्वान 



काठमाडौँ, १ फागुन । चलचित्र ‘तेल भिसा’का लागि अडिसन आह्वान गरिएको छ ।

विपीन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङलगायत कलाकारलाई लिएर बनाउन लागिएको चलचित्र तेल भिसाको लागि कलाकारहरूको अडिसन आह्वान गरिएको हो । 

शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्यान्ड राज्यबाट छायांकनमा जाने यस चलचित्रमा मुख्य कलाकारको लाइन अप सकिए पनि अमेरिकातर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो । अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक फरक वर्ण देखिने नेपालीसहित विदेशी मूलका महिला र पुरुष दुवैले अडिसनमा सहभागिता जनाउन सक्नेछन् । 

अडिसनमा सहभागिता जनाउन अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनु पर्नेछ ।