Banner News

एकीकृत समाजवादीका दुई नेता एमालेमा प्रवेश



काठमाडौँ, १ फागुन । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किएका छन् ।

पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमै फकिएका हुन् । 

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी कार्यालय च्यासलमा स्वागत गरे । पिएल एमाले विभाजनअघि एमालेको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरलाल राष्ट्रिय युवासंघमा आबद्ध थिए ।