मनोरञ्जन

नेटफ्लिक्समा ‘एनिमल’ले राख्यो रेकर्ड



मुम्बई, २ फागुन । वलिउड फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियता बढाइरहेको छ ।

डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ । यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ । फिल्मको सफलतालाई फिल्म विश्लेषकहरूले महत्त्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रूपमा विश्लेषण गरेका छन् । नेटफ्लिक्समा यसको सफलताको अतिरिक्त, डिलक्स संस्करणको रूपमा जारी गरिएको ‘एनिमल’को साउण्ड ट्रयाकले पनि नयाँ रेकर्ड कायम गरेको छ । 

स्पोटीफाईमा सबैभन्दा छिटो ५ सय मिलियन बढी स्ट्रिम जम्मा गर्ने भारतीय एल्बमको रेकर्ड राखेको छ । फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देवल, तृप्ति डिम्री, रश्मिका मन्दाना लगायतको अभिनय छ ।