राजनीति

राखेपविरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता



पोखरा, ११ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता भएको छ ।

एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दिएका हुन् । एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो । पालिकाले समेत केही रकम लगानी गरेकोमा अहिले काम ठप्प छ ।

अध्यक्ष गुरुङले काम अविलम्ब सुरु गर्न माग गर्दै अदालतमा मुद्दा दिएका हुन् । ‘यसमा के भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? माग बमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै आधार र कारण भए खुलाई १५ दिनभित्र पेश गर्नुहोला,’ उत्प्रेषण परमादेश जारी भएको छ ।

एन्फाले दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउँदै टेण्डर समेत आह्वान गरेको थियो । तर एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ समूहले विरोध गरिरहेका थिए । नेम्वाङको समूहले योजनाको बजेटलाई रकमानान्तर गरेपछि पालिकाले उजुरी दिएको हो ।