समाचार

एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि



काठमाडौँ, ११ फागुन । नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ ।

तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा पुष्टि भएका र मृत्यु भएकामध्ये ७४ प्रतिशत बिरामी ९ महिनादेखि १५ वर्ष मुनिका रहेको राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख छ ।

दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा–रुबेला खोप नलिएकामा ३१ प्रतिशत बालबालिका ९ महिनादेखि ५ वर्ष मुनिका छन् । दादुरा रोग भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत देखिएको सो निर्देशिकामा उल्लेख छ ।