राजनीति

एमालेद्वारा मन्त्री ज्वाला, बस्नेत र किरातीको राजीनामा माग



काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मागेको हो ।

सांसद योगेश भट्टराईले बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएका मन्त्री ज्वाला, टेरामक्स प्रकरणमा दोषी देखिएका मन्त्री बस्नेतको राजीनमा माग गरका हुन् । यस्तै मन्त्री सुदन किरातीले लुम्बिनीको रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिने विषयमा गलत गरेको भन्दै राजीनामा मागेका हुन् ।

एमालेले मिटरव्याजपीडितलाई कारबाही गर्न गठबन्धन सकार असफल भएको पनि बताए । “काठमाडौंमा मिटरव्याजपीडित आउनु भएको छ । किन समस्या समाधन भएन पीडितहरुको समस्या ? अधिकांश ठग्ने गठबन्धनसँग नजिकका मान्छे छन् त्यसकारण कारबाही हुँदैन,” उनले भने, “उनीहरुसँग तत्काल वार्ता होस् । ”