राजनीति

राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता



काठमाडौँ, ११ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।