Banner News

भ्रष्टाचार र देशको सम्पत्ति लुट्नेलाई छाडिँदैन : गृहमन्त्री श्रेष्ठ 



काठमाडौँ, ११ फागुन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन् ।

आज नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रूपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्य गरेको बताए ।

उनले भने, “सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडि झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ ।”