Banner News

केपी ‌ओली कप सुरूः ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेड भिड्दै



काठमाडौ ११ फागुन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ । प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । राष्ट्रिय युवा संघको आयोजनामा सुरू प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरिएको थियो । प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् । त्यस्तै ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो ।
आज पहिलो खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । केपी ओली क्लव अनन्त तामाङको कप्तानी र चर्च ब्वाइज दीप कार्कीको कप्तानीमा उत्रिनेछ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

फाइनल खेल फागुन १९ गते हुनेछ । सो प्रतियोगितामा विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार पाउने व्यवस्था गरिएको छ ।