समाचार

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी



काठमाडौँ, ११ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ ।

आज एकजना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो । बच्चा चोरीको उजुरी आएको र अनुसन्धान टोली परिचालन भएको प्रहरीले जनाएको छ ।