समाचार

एम्लुबेन्सभित्र गाँजा फेला



काठमाडौँ, १३ फागुन । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान बराहक्षेत्र नगरपालिका–१, चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । 

एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा बरामद गरिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । 

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाइएको छ ।