Banner News

प्रतिनिधिसभा र प्रदेशसभाको उप निर्वाचन वैशाख १५ मा



काठमाडौ १३ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप(निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं। १ मा मिति वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिवसमेत रहेका सहायक प्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड ९च० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो।