समाचार

विमानस्थलबाट एक भारतीय महिला पक्राउ



काठमाडौँ, १३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रालाई पक्राउ गरेको हो ।  

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।