अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।