राजनीति

अख्तियारले डामेका र आयोगले पोलेकालाई झन्डा छोपेर घर पठाइदिऔँ : सांसद थापा



काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त आग्रह गरेका छन् । उनले भने, ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो’ ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’