समाचार

भोली सार्वजनिक बिदा



गुल्मी, १४ फागुन । गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुन (भोली) सार्वजनिक बिदा दिएका हुन् ।

४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।