राजनीति

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी



काठमाडौँ, १४ फागुन । निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।