समाचार

शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु



बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला  अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् ।

विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल  र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ । 

घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।  हाल चार जनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।