राजनीति

माओवादीले तीन वटा प्रवास प्रदेश समितिमा इन्चार्ज तोक्यो



काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले तीन वटा प्रवास प्रदेश समितिमा इन्चार्ज तोकेको छ ।

माओवादीको गत फागुन १ देखि ३ गतेसम्म राजधानीमा भएको विधान सम्मेलनले प्रवास समितिलाई तीन वटा प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार बुधबार सम्पन्न स्थायी समिति बैठकले इन्चार्जको टुंगो लगाएको हो । 

जसअनुसार प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त तोकिएका छन् भने सहइन्चार्जमा टिबी पाठक चयन भएका छन् । यस्तै प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा पम्फा भुसाल चयन हुँदा प्रवास प्रदेश समिति युरोप र  अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन भएका छन् ।