Banner News

मिटरब्याज पीडितका समस्याको समाधान गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री



काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका समस्या पूर्णतया समाधान गर्न सरकार र अदालत समेत समन्वयमा मात्रै गर्न सकिने बताएका छन् । 

आज राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि मिटरब्याज पीडितका समस्या समाधान गर्ने केही प्रयास भएपनि त्यो पूर्ण नभएको र त्यो अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिका रहेको बताए । 

उनले भने ‘बाँकी रहेको समस्या सरकारको कारणभन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको छ’, ‘किनभने मिटरब्याजको समस्या जटिल र गहिरो अनि आर्थिक मात्र नभएर सामाजिक, सांस्कृतिक समस्या पनि रहेछ ।’

। उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितको आवाज उठिरहेका सबैलाई थाहा भएको र त्यसको समाधानका लागि पहिला आयोग बनाएको तथा ऐन समेत बनाइएर पनि समाधानको प्रयास गरेपनि केही समस्या अझै बाँकी नै रहेको स्वीकार गरे ।