Banner News

नामिबियालाई नेदरल्यान्डले दियो २४८ रनको विशाल लक्ष्य




काठमाडौ १७ फागुन । त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डले २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।

नेदरल्यान्डका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनी ६२ बलमा १३५ रन बनाएर आउट भए । साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए ।बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा दुबै टोलीले नेपाललाई हराएका थिए ।