राजनीति

सरकार आँखा भएर पनि नदेख्ने भयो : अध्यक्ष लिङ्देन



काठमाडौँ, १८ फागुन । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने बनेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए । उनले सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए ।  उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

सरकारले जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने उनले घोषणा गरे ।