राजनीति

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने



काठमाडौँ, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ ।

आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।