राजनीति

भरतपुरमा पर्यटनको प्रचुर सम्भावना छ, मेरो पार्टी सहयोगी हुन सधैँ तत्पर छ : ओली



काठमाडौँ, १८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको भतरपुर महानरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

आज भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन कार्यक्रममा सहभागी भएका ओलीले भरतपुर सुन्दर महानगरपालिका भएको बताए । निकुञ्ज, आरक्षण, जंगली जनावर र मानिसहरूको गज्जबको मेल र संघर्ष भएको अनौठो ठाउँको रूपमा चित्रण गरे । ओलीले आफू प्रधानमन्त्री हुँदा नयाँ कामको सुरुवात गरेको स्मरण गरे । “यस ठाउँको प्रगति तीव्र गतिमा हुन सक्दछ,” ओलीले भने । 

उनले चितवनलाई शिक्षा, स्वास्थ्यको हब बनाउन सकिने बताए । चितवनमा कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा, पशुपालन मत्स्यपालनमा मार्गदर्शकको रूपमा विकास गर्न सकोस् भन्ने कामना पनि गरे । ओलीले आफूले निम्ता अस्वीकार गर्न नसकेर मात्रै कार्यक्रममा आएको सुनाए । 

“निम्तालाई अस्वीकार गर्न नसकेर, निम्ता मान्न आएको छु,” उनले भने, “यो ठाउँको विकास हुन सकोस् । म र मेरो पार्टीको सहयोगी हुन सधैँ तत्पर छ ।”