Banner News

भक्तराज आचार्यको स्वरमा शास्त्रीय संगीतको जादु थियो : राष्ट्रपति पौडेल



काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले भजनशिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको स्वरमा गम्भीर, मिठास अनि शास्त्रीय संगीतको जादु अद्भूत तथा अनुपम भएको बताएका छन् ।

आज स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले भनेका छन, ‘भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।’ ‘शास्त्रीय सङ्गीतको तत्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ ।’